अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद श्रेष्ठलाई कोरोना संक्रमण

सांसद श्रेष्ठलाई कोरोना संक्रमण


काठमाडौं- तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

आज गरिएको पीसीआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेशनमै रहेको उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रहसमेत गर्नुभएको छ ।