अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरेलको राजीनामा स्वीकृत, आजै मुख्यमन्त्री नियुक्त हुने सम्भावना

पोखरेलको राजीनामा स्वीकृत, आजै मुख्यमन्त्री नियुक्त हुने सम्भावना


बुटवल- लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोख्रेलले पदबाट दिएको राजिनामा स्विकृत भएको छ ।

पोख्रेल आजै पुन मूख्यमन्त्री नियुक्त हुने सम्भावना छ ।

२०७४ फागुन ३ गते पोख्रेल संविधानको धारा १सय ६८ को उपधारा २ बमोजिम मुूख्यमन्त्री नियुक्त हुनुभएको थियो । त्यसबेला माओवादीले एमालेका पोख्रेलको सरकारलाई समर्थन गरेको थियो ।

अहिले माओवादीले दुई जना सासँद एमालेतिर लागेको भन्दै कारबाही गरेपछि लुम्बिनी प्रदेशसभामा ८१ सदस्य छन् । त्यसमध्ये एमाले एक्लैसँग ४१ जना साँसद छन् । संविधानका व्यख्याताका अनुसार अब प्रदेश प्रमुखले बहुमत सहित मूख्यमन्त्री दाबी गर्न दलहरुलाई आह्वान गर्नेछन् ।

‘८१ जना साँसदमा ४१ जना एमालेका भएपछि बहुमत हामीसँग छ ’ पोख्रेललका प्रेस सल्लाहकार शेरबहादुर केसीले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘आजै प्रदेश प्रमुखले बहुमत प्राप्त दलको नेताको रुपमा शंकर पोख्रेललाई मूख्यमन्त्रीका नियुक्त गर्ने सम्भावना छ ।’