अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा नागरिक एपको औपचारिक उद्घाटन

प्रधानमन्त्रीद्वारा नागरिक एपको औपचारिक उद्घाटन


काठमाडौं- नागरिक एपको आजबाट औपचारिक शुभारम्भ गरिएको छ । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले क्युआर कोडमार्फत् बैंक खाता खोल्दै नागरिक एपको उद्घाटन गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा खाता खोलेको जानकारी दिनुभयो । ‘अहिले भर्खरै खाता खोलेको र अहिले भर्खरै खाता नम्बर प्राप्त भइसकेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिक एपबाट बैंक खाता खोल्न सकिने, सवारी कर तिर्ने र पुलिस रिपोर्ट प्राप्त गर्न सकिने बताउनुभयो ।