अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई रूपान्तरणकारी आयोजनाको रूपमा अघि बढाएको छ’

‘सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई रूपान्तरणकारी आयोजनाको रूपमा अघि बढाएको छ’


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई रूपान्तरकारी आयोजनाको रूपमा अघि बढाइएको बताउनुभएको छ ।

चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा उहाँले देशको दिगो विकासका बृहत्तर लक्ष्य हासिल गर्न अवलम्वन गरिएको रणनीतिहरूको केन्द्रमा सूचना, सञ्चार तथा प्रविधि रहदै आएकोमा सबै स्थानीय तह तथा वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा पूर्वाधार एवम् सञ्चार प्रविधिको पहुँच विस्तार गर्नतर्फ सरकारले पहल गरिरहेको बताउनुभयो ।

डिजिटल नेपाल फ्रेमवर्क २०७६ अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, शहरी पूर्वाधार, वृत्त, डिजिटल फाउन्डेसन लगायतका ८ वटासहित ८० वटा डिजिटल पोर्टल निर्माण गरिएको छ ।

प्रधानमन्त्री ओलीलले विश्वव्यापीरुपमा सञ्चार तथा प्रविधिको बढ्दो प्रयोगका कारण संसार नै एउटा ग्लोबल भिलेजको अवस्थामा आएको तर यसलाई थप विश्वसनीय एवम् पहुँच विस्तारका लागि सरकारका नियमनकारी निकायहरुलाई प्रभावकारी बनाइदै अघि बढाइने बताउनुभयो ।

सूचना प्रविधि सम्बन्धि विधेयक संघिय संसदमा पेश भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिको अवसरमा औपचारिकरूपमा उद्घाटन भएका नागरिक एप्स्को दिगो, गुणस्तरीय एवम् प्रभावकारीरुपमा सञ्चालन गर्न निर्देशन पनि दिनुभो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस महामारीको समयमा प्रविधिको उच्चतम प्रयोग गर्दै वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु राख्नपनि उहाँले बताउनुभयो ।

‘डिजिटल नेपाल फ्रेमवर्क र नागरिक एप्स् जस्ता प्रविधिमार्फत देशैभरका सबै सरकारी सेवाहरूलाई एकै ठाउँबाट उपलब्ध गराउने कोसिस भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘प्रविधिको बढ्दो प्रयोगले विकासको व्यवस्थापन, सार्वजनिक सेवा, सूचना प्रवाह र सामाजिक अन्तरक्रियामा आधारभूत परिवर्तन आएको छ ।’