काठमाडौं- लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्री वलीले नेकपा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ ।
केही बेरअघि विमलाले फेसबुकमा एक हस्तलिखित विज्ञप्ति पोस्ट गर्दै आफू माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्नु भएको हो ।
मुख्यमन्त्री शंकर पोखरेलको सचिवालयले भने लोपका कारण वली माओवादी केन्द्र प्रवेश गरेको आरोप लगाएको छ ।
सचिवालयका एक सदस्यले भन्नुभयो, ‘उहाँ पैसा कमाउने धन्दामा लाग्नुभएको छ भन्ने हामीले बुझेका थियौँ, निगरानी पनि गरेका हौँ, उहाँलाई माओवादीले किनेको हो ।’
विमला दाङमा उपचुनावबाट निर्वाचित हुनुभएको थियो । उहाँका श्रीमान् उत्तरकुमारी वलीको सडक दुर्घटनामा निधन भएको थियो । त्यसपछि भएको चुनावमा उहाँलाई उम्मेदवार बनाएर विजयी बनाइएको थियो ।
अहिले विमला एमालेबाट सम्पर्कविहीन हुनुहुन्छ । उहाँलाई माओवादीले अज्ञात ठाउँमा लगेर राखेको बताइएको छ ।








प्रतिक्रिया