अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक : कोरोनाबाट जनता जोगाउन थप गम्भीर हुन सुझाव

एमाले स्थायी कमिटी बैठक : कोरोनाबाट जनता जोगाउन थप गम्भीर हुन सुझाव


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेको आकस्मिक बोलाइएको स्थायी कमिटी बैठकले कोरोनाबाट जनतालाई जोगाउनका लागि थप प्रभावकारी ढंगले काम गर्न सरकारलाई सुझाव दिएको छ ।

आज पौने १२ बजे स्थायी कमिटीका सदस्यहरूलाई टेलिफोन गरेर साढे १२ बजे बैठकका लागि बालुवाटार आउन भनिएको थियो ।

स्थायी कमिटी सदस्य छबिलाल विश्वकर्माका अनुसार कोभिडको परिस्थितीबारे बैठकमा छलफल भएको छ । अहिलेसम्मको सरकारको पहलकदमी सकारात्मक भएको तर त्यसलाई थप प्रभवकारी बनाउनु पर्ने सुझाव आफूहरूले दिएको नेता विश्वकर्माले नेपाली बहस डट कमलाई बताउनुभयो ।

‘हामीले जनशक्ति परिचालन र सीमाको आउजाउलाई कडाइ गर्न सुझाव दियौँ,’ विश्वकर्माले भन्नुभयो, ‘यस बिषयमा सबैलाई आफ्नो ठाउँमा अगुवाइ गर्ने निर्णय भएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ल्याउनका लागि विभिन्न देशहरूसँग कुरा भइरहेको बैठकमा जानकारी गराउनुभएको थियो । रुसमा पनि समकक्षीसँग खोपका लागि आगह गरेको जानकारी बैठकलाई दिनुभएको थियो ।

स्रोतहरूका अनुसार बैठकले आवश्यकताअनुसार राजनीतिक विषयमा कदम चाल्न प्रधानमन्त्रीलाई अख्तियारीसमेत दिने निर्णय गरेको छ ।