अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँकेमा एकैदिन १४ महिने बालकसहित ३०५ जना डिस्चार्ज

बाँकेमा एकैदिन १४ महिने बालकसहित ३०५ जना डिस्चार्ज


बाँके- बाँकेमा एकैदिन ३ सय ५ जना कोरोना जितेर घर फर्किएका छन् । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार आइतबार बाँकेमा १४ महिने बालकसहित ३ स ५ जना कोरोनालाई जितेर घर फर्किएका हुन् ।

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जिल्लाका संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका १४ महिने बालकसहित १४२ जना महिला र १६३ जना पुरुष गरि ३०५ जना आइतवार निको भएर घर फर्किएको बताउनुभयो ।

उहाँले कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएको बाँकेमा सङ्क्रमणबाट निको भएर डिस्चार्ज हुनुेहरुको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएकोले छिट्टै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो ।

फोकल पर्सन ओलीका अनुसार शनिबार २५० जना र शुक्रवार २४४ जना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका थिए ।

गत केही दिनदेखि दैनिक ५ सयभन्दा बढी सङ्क्रमित थपिंदै आएको बाँकेमा शनिवार भने सो सङ्ख्या घटेर ३६० मा झरेको जनाउँदै उहाँले निषेधाज्ञा र अन्य विभिन्न सतर्कताका कारण सङ्क्रमित पनि घट्न थालेको बताउनुभयो ।