अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलद्वारा वलीको अवस्था पत्ता लगाउन सुरक्षा निकायलाई आग्रह

एमाले संसदीय दलद्वारा वलीको अवस्था पत्ता लगाउन सुरक्षा निकायलाई आग्रह


बुटवल- नेकपा एमाले लुम्बिनी संसदीय दलले सांसद विमला खत्री वलीको अवस्था पत्ता लगाउन सुरक्षा निकायलाई आग्रह गरेको छ ।

बैठकमा आउन भनेर निवासबाट गडी चढेर आउँदै गरेकी वली बुटबलको गैह्रे पेट्रोल पम्पबाट हराएको भौतिक पूर्वाधार तथा योजना मन्त्री बैजनाथ चौधरीले बताउनुभयो ।

चौधरीका अनुसार गैह्रे पेट्रोलपम्पबाट वलीलाई अर्को गाडीमा हालेर अज्ञात स्थलतर्फ लगिएको छ । अहिले उहाँ सम्पर्कमा नभएको चौधरीले बताउनुभयो ।

‘हामीले अविलम्ब उहाँको अवस्था सावर्जनिक गर्न सुरक्षा निकायलाई आग्रह गरेका छौँ,’ चौधरीले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘उहाँ भेटिएपछि उहाँका नाममा सावर्जनिक भएको पत्रको आधिकारिकताबारे स्पष्ट हुन्छ ।’