अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाबाट संविधानसभा सदस्य चौधरीको निधन

कोरोनाबाट संविधानसभा सदस्य चौधरीको निधन


कैलाली- दोस्रो संविधानसभाकी सदस्य रबनी चौधरीको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका-६ की चौधरीलाई उपचारका लागि धनगढी लैजाने क्रममै मृत्यु भएको नेकपा एमालेका सांसद झपट रावलले जानकारी दिनुभयो । चौधरीलाई आजर संक्रमण पुष्टि भएको हो ।

२०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ सभासद हुनुभएकी चौधरी २०७४ सालको निर्वाचनमा एमालेका कैलाली क्षेत्र नम्बर २ का सभासद मोहनसिंह राठौरसँगै नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो ।