अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त


बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त हुनुभएको छ ।

यसअघि प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाउनु भएको र सोही आधारमा उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।

पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा ६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेकाले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको उल्लेख गर्नु भएको छ ।

उहाँले आजै मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

विज्ञप्ति :