अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेश : एमाले सांसद पाण्डेद्वारा राजीनामा

लुम्बिनी प्रदेश : एमाले सांसद पाण्डेद्वारा राजीनामा


बुटवल- लुम्बिनी प्रदेश सभाका नेकपा (एमाले) सांसद दृग नारायण पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । कपिलवस्तु २ (१) बाट निर्वाचित पाण्डेले आइतबार पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गर्दै आजकै मितिबाट लागू हुनेगरी सभामुखलाई राजीनामा बुझाउनुभएको हो ।

‘प्रस्तुत सम्बन्धमा म नारायण पाण्डे कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (१) बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएको हुँ । हालको राजनीतिक परिस्थिति नियाल्दै आजकै मितिदेखि लागू हुनेगरी प्रदेशसभा सदस्यबाट राजीनामा पेश गरेको छु,’ उहाँले राजीनामा पत्रमा उल्लेख गर्नु भएको छ ।