काठमाडौं- राजधानीमा पहिलो पटक २४ सैँ घण्टा लाटो कोसेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ ।
विषेश गरी रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घर दैलोमा खाना पुर्याउने उदेश्य स्वरूप लाटो कोसेरो फुड सञ्चालनमा आएको हो । उपत्यकाका जुनसुकै स्थानमा लाटोकोशेरोले सेवा दिने सञ्चालकले जानकारी दिनुभयो ।
रातको समयमा कोही भोकै बस्न नपरोस भन्दै आफ्नो भिन्न परिचयका साथमा अनलाईनमार्फत सेवा दिने लाटो कोसेरो डटकमका प्रबन्ध निर्देशक प्रज्ज्वल कुमार दाहालले बताउनुभयो ।
उहाँका अनुसार आफूलाई अरूभन्दा भिन्न रूपमा परिचित गराउन सुपथ दर र छिटो सेवा दिने प्रतिबद्धता राखिएको छ ।
लाटोकोशेरो डटकममा खाना खाजा बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अडरअनुसार हरेक खाना २४ सै घण्टा डेलिभर गरिने प्रबन्धक दाहालले बताउनुभयो ।







प्रतिक्रिया