अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण

मन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण


काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज पीसीआर परीक्षण गर्दा मन्त्री ढकाल र उहाँकी श्रीमतीलाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भए पनि स्वास्थ्यवस्था भने सामान्य रहेको मन्त्री ढकालले जानकारी दिनुभएको छ ।

‘आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड-१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ,’ मन्त्री ढकालले फेसबुकमा लेख्नु भएको छ, ‘यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ ।’

केही दिनअघि मात्र ऊर्जामन्त्री टोपबहादुर रायमाझी र खोनपानी मन्त्री मणि थापालाई कोरोना पुष्टि भएको थियो ।