काठमाडौं- काठमाडौंमा निषेधाज्ञामा थप कडाइ गरिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्ने भएको हो ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौथाइ कर्मचारी राखेर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसल खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसलहरु खोल्न नदिने निर्णय पनि प्रशासनले गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
त्यस्तै, पत्रकारको प्रेस पासको हकमा सम्बन्धित सञ्चारमाध्यमले उपलब्ध गराएको सूची हेरेर मात्र निर्णय गरिने प्रशासनले जनाएको छ ।







प्रतिक्रिया