अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले विश्वासको मत लिन राष्ट्रपतिद्वारा संसदको विशेष अधिवेशन आह्वान

प्रधानमन्त्रीले विश्वासको मत लिन राष्ट्रपतिद्वारा संसदको विशेष अधिवेशन आह्वान


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि आह्वान गर्नु भएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि विश्वास छ भन्ने कुराको स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेको उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्ति :