अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंका मेयरको महानगरबासीलाई अपिल : आफैं सजगता अपनाए संक्रमणबाट बचिन्छ

काठमाडौंका मेयरको महानगरबासीलाई अपिल : आफैं सजगता अपनाए संक्रमणबाट बचिन्छ


बैशाख
काठमाडौँ ,कोरोना संक्रमण तिव्र बनिरहेका बेला काठमाडौं महानगरका प्रमुख विद्या सुन्दर शाक्यले महानगरबासीलाई आफैंले सजगता अपनाउन आग्रह गर्नुभएको छ ।
आज एक अपिल जारी गर्दै शाक्यले आफूले सजगता अपनाउदा अपनाउदै पनि संक्रमित भएमा महानगरले अस्पतालसम्म पु¥याउने आश्वासन दिनु भएको छ । शाक्यले कोभिड बाहेकका बिरामीलाई पनि महानगरको एम्बूलेन्स मार्फत अस्पतालसम्म पु¥याउने प्रवन्ध गर्नुभएको उल्लेख गर्नुभएको छ । ‘कोविड बाहेकका विरामीले उपचारका लागि अस्पताल जानु पर्ने भएका हटलाइन टेलिफोन नं. ११८० मोवाईल नं. ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा तथा कोभिडका बिरामीले अस्पताल जानु पर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरेर सेवा लिन सकिनेछ ’ मेयर शाक्यको अपिलमा उल्लेख छ ।

स्वास्थ्य मापदण्ड पालना गरे सुरक्षित हुन सकिन्छ
स्वास्थ्य मापदण्डको पालना गरे मात्र आफू र परिवारलाई बचाउन सकिने शाक्यले उल्लेख गर्नुभएको छ । सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाई नागरिक दायित्व ठानेर पालना गर्न मेयर शाक्यले महानगरबासीलाई सम्झाउनुभएको छ ।
‘ विषम परिस्थितिलाई विवेक, धैर्यता र संयमताजस्ता गुणबाट परास्त गर्न सकिन्छ शाक्यले अपिलमा भन्नुभएको छ, ‘महामारीसँग सम्बन्धित कुनै समस्या परे मेयर, उपमेयरलाई वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्नुहोला । सम्भावित जोखिम टार्न महानगर तपाईंको साथमा छ ।’

संघीय राजधानीमा देशी विदेशीको आउजाउ बढी,फैलावट पनि उच्च
अपिलमा काठमाडौं महानगरमा नयाँ भेरिएन्टको कोरोना द्रुतगतीमा फैलिएको उल्लेख छ । ’संघीय राजधानी काठमाडौँ महानगरपालिकामा देशभरिका र विदेशी नागरिकहरूको ओहोरदोहोर उच्च भएकोले पनि यहाँ महामारीको फैलावट उच्च छ’ मेयर शाक्यको अपिलमा भनिएको छ ‘ त्यसैले सबैले सजगता अपनाउनु पर्ने आवश्यकता रहेको छ । नेपाल सरकारले यस सम्बन्धमा जारी गरेका आदेश निर्देशन पालना गर्नु हामी सबैको कर्तव्य हो ।’
शाक्यले अपिलमा भन्नुभएको छ, ‘संक्रमण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म यो महामारीलाई न्यूनीकरण गर्न सकिन्छ । संक्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने भएकाले संघीय सरकारले जारी गरेको सूचनालाई आधार मानी सकेसम्म बढी सचेतना अपनाउन तथा स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड परिपालन गर्न गराउनु हुन हार्दिक अपिल गर्दछु ।’
पुजाआजा घरबाटै गरौं

मेयर शाक्यले साँस्कृतिक रुपमा गरिने पुजाआज तथा धार्मिमक कामहरु हाललाई घरैबाट गर्न महानगरबासीलाई आह्वान गर्नुभएको छ । यस साँस्कृतिक सहरमा थुप्रै मौलिक पर्व,जात्रा तथा संस्कृतिहरु भए पनि अहिललेलाई घरैबाट तिनीहरुको संरक्षणका लागि कामना गर्न मेयर शाक्यले आग्रह गर्नुभएको छ ।
‘काठमाडौं महानगरपालिका मुलुककै प्रमुख सांस्कृतिक सहर भएका कारण यहाँका मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्नुपर्ने दायित्व पनि हामी सामु छ । विभिन्न समयमा यहाँ मनाइने जात्रापर्वको विशिष्ट महत्व रहिआएको छ । अतः यहाँका मूर्त अमूर्त सम्पदाको संरक्षण र सम्बद्र्धन गर्नु हामी सबैको दायित्व हो । धार्मिक स्थलमा गएर आ–आफ्नो परम्परा अनुसार पूजापाठ एवं प्रार्थना गर्ने चलन छ । यस्ता सार्वजनिक ठाउँमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै भाइरस सर्ने भएकोले अहिलेका लागि धार्मिक स्थलहरूमा गएर भीड गर्नुभन्दा आफ्नो आस्थाअनुरुप घरमै बसेर नित्य पूजा गर्न सबैमा अपिल गर्दछु ’ प्रमुख शाक्यको अपिलमा भनिएको छ ।
भीड नगर्ने, सकेसम्म घर बाहिर ननिस्कने, निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्ने, नियमित हात धुने, हात धुने अवस्था नरहे स्यानिटाइजरको प्रयोग गर्नेजस्ता सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न मेयर शाक्यले स्मरण गराउनु भएको छ ।