अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाका कारण जनगणनाका सम्पूर्ण कार्यक्रम स्थगित

कोरोनाका कारण जनगणनाका सम्पूर्ण कार्यक्रम स्थगित


काठमाडौं- कोरोना महामारीका कारण आगामी राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित हुने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुङ्हाम्फेले जानकारी दिनुभयो । ‘कोरोना महामारीका कारण अहिले जारी जनगणना कार्यक्रम सुचारु गर्न सकिने अवस्था नरहेकोले अर्को सुचना प्रकाशित नभएसम्मका लागि जनगणनाका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय भएको हो’ मन्त्री तुङहाम्फेले नेपाली बहस डट कमसँग भन्नुभयो ।

१२ औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो ।

जनगणनाको तालिका अनुसार अहिले सुपरभाइजरहरुको तालिम सञ्चालन भइरहेको छ । बैशाख १६ बाट सुरु भएको तालिम २२ गते सकिने थियो । बैशाख २६ बाट सुपरभाइजरहरुले घरधुरी सर्भेक्षण सुरु गरेर जेठ १४ गते सकिने थियो । यसैगरी जेठ १७ बाट गणकहरुको तालिम सुरु भएर २२ गते सकिने कार्यक्रम थियो । जेठ २५ बाट गणना सुर भएर असार ८ गतेसम्म पारिवारिक लागत संकलन गर्ने कार्यक्रम रहेको थियो ।
‘जनगणना स्थगित भएको औपचारिक जानकारी आएको छैन । औपचारिक रुपमा जानकारी आएपछि हामी सम्पूर्ण जिल्ला जनगणना कार्यलयहरुलाई पत्र पठाउछौं’ केन्द्ीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले नेपाली बहस डटकमसँग भन्नुभयो ।