अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण


काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

आफूमा सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएको शर्माले सामाजिक सञ्‍जालमार्फत जानकारी दिनुभएको छ । ज्वरो आएपछि आइतबार पीसीआर परीक्षणका लागि स्वाब दिइएकोमा सोमबार रिपोर्ट पोजिटिभ आएको शर्माले उल्लेख गर्नुभएको छ ।

डाक्टरसँग परामर्श गरेर होम आइसोलेशनमा बसिरहेको शर्माले बताउनुभएको छ । कोभिडबाट बच्न सबै सजग हुनुपर्ने पनि शर्माले उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिएँ, बिहानिपख रिपोर्ट आयो (पोजिटिभ) टेकुका डा. मित्र अनुप बास्तोलाको निर्देशन अनुरूपको औषधि सेवन सुरू गरेको छु, डेरामै आइसोलेसनमा छु, लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ, सबैलाई विनम्र आग्रह छ । सजग बनौं ।’