काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुन बरामद गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले चेकजाँच गर्दा दुवईबाट ल्याएको सो सुन बरामद गरेको हो ।
सुनसहित पाँच जनालाई पक्राउ समेत गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार पक्राउ पर्नेमा प्यूठान घर भएका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ र नवलपुरका राजु विश्वकर्मा छन् ।
फरक–फरक उडानबाट काठमाडौं आएका उनीहरूले स्पिकरमा फिट गरेर सुन ल्याएका प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको एसएसपी बाँस्तोलाले जानकारी दिनुभयो ।






प्रतिक्रिया