काठमाडौं- सरकारले कोभिड-१९ रोकथामतथा नियन्त्रणका लागिनिषेधाज्ञालाई अझ कडा बनाउने भएको छ ।
आजदिउँसो देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपीशर्मा ओलीलेसो कुरा बताउनुभएको हो । संक्रमण रोक्नकै लागि निषेधाज्ञा लगाइएको भन्दै उहाँले निषेधाज्ञामा कसैलाई पनि भोकै बस्ने अवस्था आउन नदिइने प्रतिबद्धता जनाउनुभयो ।
कोभिड-१९ संक्रमण रोक्न सरकारले तीव्र गतिमा काम गरिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हो, सरकार नागरिकको साथमा छ, हल्ला र भ्रमका पछि नपरौँ ।’
निषेधाज्ञा, स्वास्थ्य सुरक्षा मादण्ड सरकारले लगायत सरकारले जारी गरेका आदेश अनुशासनपूर्वक पूर्ण रूपमा पालना गर्न गरेर महामारी रोकथाममा सहयोग गर्न उहाँले सबैलाई आव्हान गर्नुभयो ।
संक्रमण रोकथामका लागि सरकारका सबै संयन्त्र परिचालन गरिएको पनि उहाँले बताउनुभयो । सातै प्रदेशमा केन्द्रका मन्त्रीलाई फोकल व्यक्ति खटाइएको पनि उहाँले जानकारी दिनुभयो ।
राजनीतिक दलका नेता, कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई कोभिडविरुद्ध खटिन र असाहयलाई सहयोग गर्न उहाँले निर्देशन पनि दिनुभयो ।







प्रतिक्रिया