अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ७४४८ जनामा कोरोना पुष्टि, ३७ संक्रमितको मृत्यु

देशभर आज ७४४८ जनामा कोरोना पुष्टि, ३७ संक्रमितको मृत्यु


काठमाडौं- गत २४ घण्टामा नेपालमा ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१६ हजार ६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि आइतबार ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार २१ जना निको भएका छन् । हालसम्म २ लाख ८६ हजार १५ जना निको भएका छन् ।

गत २४ घण्टामा ३७ संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।