अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा सपथग्रहण

नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा सपथग्रहण


काठमाडौं- गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ । उहाँहरूलाई राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथग्रहण गराउनुभएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँ नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

गण्डकी प्रदेशको प्रमुखमा नियुक्त हुनुभएकी पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारका साथै एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्षसमेत हुनुहुन्छ ।

यादव भने दोस्रो संविधान सभामा उपाध्यक्ष र उपभामुख हुनु भएको थियो । उहाँ राप्रपा नेपालबाट उपसभामुख बन्नुभएको थियो । यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गर्नु भएको थियो ।