अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तथ्यांक विभागका महानिर्देशकको सन्देश

अवस्था सहज भएपछि जनगणना, अहिलेलाई सबैलाई धन्यवाद

अवस्था सहज भएपछि जनगणना, अहिलेलाई सबैलाई धन्यवाद


काठमाडौं- जनगणना सञ्चालन गर्ने कार्यलय केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले परिस्थिति सहज भएपछि जनगणना प्रक्रिया पुन अघि बढ्ने बताउनुभएको छ ।

आफ्नो फेसबुक पेजमा एक सन्देश लेख्दै श्रेष्ठले हालसम्मको तयारीका लागि सबै कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

‘आजको मितिसम्म यहाँहरुले आफ्नो जिम्मेवारी वहनको सिलसिलामा देखाउनुभएको इमान्दारीता तथा लगनशीलताको उच्च मुल्यांकन गर्दछु,’ श्रेष्ठले फेसबुकमा लेख्नुभएको छ, ‘निर्णय प्रकृयामा केही समय लाग्छ नै । हामी सबै मिलेरै यो समस्याको समाधान गर्नुपर्ने हुन्छ । अहिलेलाई सबैलाई धन्यवाद ।’

श्रेष्ठले सबैलाई यो कोरोना महामारीबाट सुरक्षित हुन आग्रह गर्दै विभागले अवस्था सहज भएपछि सबैलाई जानकारी पठाउने र जनगणनाको कार्यलाई निरन्तरता दिने उल्लेख गर्नुभएको छ ।