अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेशमा जसपाबाट थपिएका दुई मन्त्रीद्वारा सपथग्रहण

लुम्बिनी प्रदेशमा जसपाबाट थपिएका दुई मन्त्रीद्वारा सपथग्रहण


बुटवल- लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट मन्त्री बनेका दुई जनाले सोमबार पद तथा गोपनीयताको सपथग्रहण गर्नु भएको छ ।

कल्पना पाण्डे र राज्यमन्त्री सुमन शर्मा रायमाझीले सपथग्रहण गर्नु भएको हो ।

समानुपातिक सदस्य कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री हुनु भएको छ । अर्की समानुपातिक सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्य मन्त्री बन्नु भएको छ ।

पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ खुवाउनुभएको हो ।