काठमाडौं- ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ढुण्डीप्रसाद निरौलालाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।
उपत्यकाका तीन सीडीओको बैठक बस्नुअघि प्रजिअ निरौलालाई कोरोना पुष्टि भएको हो । आजनै काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्न लागेको छ ।
कोरोना पुष्टि भएपछि आफू भौतिक रूपमा उक्त बैठकमा सहभागी नहुने प्रजिअ निरौलाले जानकारी दिनुभयो ।






प्रतिक्रिया