अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीले बोलायो स्थायी कमिटी बैठक, यी विषयमा हुँदैछ छलफल

माओवादीले बोलायो स्थायी कमिटी बैठक, यी विषयमा हुँदैछ छलफल


काठमाडौं- नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सो पार्टीले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको हो ।

बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेकाले काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यलाई मात्र बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ । साथै, सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने सम्बन्धमा पनि बैठकमा छलफल हुनसक्ने बताइएको छ ।