काठमाडौं- भारतमा जारी १४औँ सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आज अनिश्चितकालका लागि आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।
टिमका खेलाडीलाई कोरोना संक्रमण देखिन थालेपछि आईपीएल २०२१ स्थगित गरिएको हो ।
सोमबार मात्रै कोलकाता नाइट राइडर्स (केकेआर)का दुई र आज सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सका एक/एक खेलाडीलाई कोरोना देखिएको थियो ।
जारी सिजनमा २९ म्याच सकिसकेका थिए । यो अवस्थासम्म दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा छ ।
प्रतिक्रिया