अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्याय परिषद्का सदस्य निरालाको निधन

न्याय परिषद्का सदस्य निरालाको निधन


काठमाडौं- न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहिसक्नुभएका खड्कालाई कोभिड-१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो ।

कोरोना सङ्क्रमणकै कारण उहाँको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

जनकपुरमा जन्म भई काठमाडौंको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ ।

सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट उहाँ २०७६ पुसमा न्याय परिषद् हुनुभएको थियो ।