अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वप्रकाश दुई साताका लागि पार्टी प्रवक्ताको जिम्मेवारीबाट अलग

विश्वप्रकाश दुई साताका लागि पार्टी प्रवक्ताको जिम्मेवारीबाट अलग


काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई साताका लागि पार्टीको जिम्मेवारीबाट अलग हुने बताउनुभएको छ ।

मंगलबार सामाजिक सञ्जालमार्फत प्रवक्ता शर्माले अस्वस्ताका कारण प्रवक्ताको सक्रिय जिम्मेवारीबाट टाढा हुनुपरेकोमा क्षमा माग्नुभएको छ । विश्वप्रकाशले लेख्नुभएको छ, ‘अस्वस्थताका कारण दुई साताका लागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु । प्रेस, पार्टी र शुभचिन्तकहरूसँंग क्षमा चाहन्छु ।’

कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बस्नुभएका प्रवक्ता शर्माले स्वस्थ भएर छिट्टै नै मैदानमा फर्किने जानकारी गराउनुभएको छ ।

उहाँले लेख्नु भएको छ, ‘चाँडै नै पूर्ण स्वस्थ भएर पूर्ण जागर साथ मैदानमा फर्किनेछु । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु ।’