काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का नेता लक्ष्मणलाल कर्णले बाबुराम भट्टराईसँग मिलेर उपेन्द्र यादवले पार्टी नै समाप्त पार्ने खेल खेलेको बताउनुभएको छ ।
‘उपेन्द्र यादवले प्रचण्डलाई पार्टी बुझाउनुहोला की भन्ने डर भयो, त्यसैले पार्टी जोगाउन हस्ताक्षर संकलन गरिँदैछ,’ नेता कर्णले भन्नुभयो ।
यादवलगायतका केही नेताबाहेक सबै नेता पार्टीलाई कसरी जोगाएर लैजान सकिन्छ भन्ने विषयमा चिन्तित रहेको कर्णले बताउनुभयो । ‘पार्टी जोगाउनका लागि हामी हस्ताक्षर संकलनमा खटिएका छौँ, केहीबाहेक सबैको विचार पार्टी जोगाएर लैजाने भन्ने रहेको छ,’ कर्णले भन्नुभयो ।
उपेन्द्र यादवलाई पार्टीमा विश्वास गर्ने वातावरण नभएको कर्णको टिप्पणी छ । ‘उपेन्द्रजी मधेश आन्दोलनलाई बिर्सिएर जनआन्दोलनको गीतमा रमाउनु थाल्नुभएको छ, अब हामीले विश्वास गर्न सक्ने स्थिती छैन,’ कर्णले भन्नुभयो ।
‘पार्टीको बैठक नै नबसी उपेन्द्र यादवले हस्ताक्षर संकलन गर्नुभयो, उहाँले फुटको बिउ रोप्नु भएको छ, हामी फेरि मिलेर जाने कुरा गर्न हस्ताक्षर संकलन गरिरहेका छौँ’
यादवले मधेसी जनतालाई नै भ्रमित पार्न खोजेको उहाँले बताउनुभयो । ‘चाँडै नसुध्रिए दुर्घटना निश्चित छ,’ कर्णले भन्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन हस्ताक्षर संकलन गरिएको भन्ने कुरा गलत भएको पनि उहाँले दाबी गर्नुभयो । ‘त्यो विषयमा पार्टीभित्र आन्तरिक छलफल हुन्छ, सहमति गरेर हामी अगाडि बढ्छौँ, अहिले पार्टी जोगाउने विषय मुख्य हो, केही मान्छेका कारण पार्टी फुटको संघारमा छ,’ कर्णले भन्नुभयो ।
जसपा फुटको बिउ उपेन्द्र यादवले रोपेको पनि कर्णको टिप्पणी छ । ‘पार्टीको बैठक नै नबसी उपेन्द्र यादवले हस्ताक्षर संकलन गर्नुभयो, उहाँले फुटको बिउ रोप्नु भएको छ, हामी फेरि मिलेर जाने कुरा गर्न हस्ताक्षर संकलन गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ।
जनता समाजवादी पार्टीमा लुम्बिनी प्रदेश सभाका चार जना सदस्यलाई उपेन्द यादवले अवैध तरिकाले एकलौटी रुपमा कारबाही गरी सांसद् पद नै खाली गराएपछि विवाद बढेको छ । सो विषयले संसदीय दल र कार्यकारणी समितिमा विवाद चुलिएको छ ।
ओली नेतृत्वकोे सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषय पनि पार्टी त्यत्तिकै विवादित छ । जसपामा पार्टीभित्र अंक गणित र हस्ताक्षरको खेलसमेत सुरू भएको छ ।
प्रतिक्रिया