अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ


काठमाडौं- आज सुनको भाउ बढेको छ ।

साताको दोस्रो दिन सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कोरोबार भएको छापावाला सुन मंगलबार तोलामा २ सय रुपैयाँ बढेको छ ।

छापावाल सुन आज प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन पनि आज तोलाम २ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार १ सय पुगेको महासंघले जनाएको छ ।

चाँदीको भाउ भने आज २५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।