काठमाडौं- कोरोनाको महामारीले विकराल रूप लिएपछि जिल्ला प्रशासनले धमाधम निषेधाज्ञा जारी गर्दैछ ।
मंगलबारदेखि थप आठ जिल्लामा निषेधाज्ञा गरिएको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नुवाकोट, कपिलवस्तु, धनुषा र दैलेखमा निषेधाज्ञा गरिएको छ ।
त्यस्तै, डोल्पा, डोटी, नवलपरासी पूर्व, बागलुङमा पनि निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
निषेधाज्ञा जारी भएका जिल्लामा अत्यावाश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ ।
खाद्यान्नका लागि खाद्यस्टोरहरु पनि जिल्ला प्रशासनले तोकेको निश्चित समयमा मात्र खोल्न पाइने छ । हालसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ ।







प्रतिक्रिया