बैतडी- बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जीप दुर्घटना भएको हो ।
सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका-६ का सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।
जीप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका-६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया