अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेता खनालको स्वास्थ्यमा सुधार

नेता खनालको स्वास्थ्यमा सुधार


काठमाडौं- पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार अस्पतालले जनाएको छ ।

आज नर्भिक इन्टरनेशनल अस्पतालले विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाएको हो ।

कोरोना संक्रमणपछि खनाल शनिबार अस्पताल भर्ना हुनु भएको थियो । उहाँलाई अक्सिजनमा राखेर उपचार जारी राखिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै, अस्पतालले नर्भिकमै उपचाररत पूर्वरानी कोमल शाहको पनि स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको जानकारी दिएको छ ।

कोरोना संक्रमण भई ११ दिनअघि अस्पतालमा भर्ना हुनुभएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।