अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा थपिए आज २ हजार ७७९ संक्रमित

काठमाडौंमा थपिए आज २ हजार ७७९ संक्रमित


काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २ हजार ७ सय ७९ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ संक्रमित थपिएका छन् ।

देशभर आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् ।

मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७ हजार ७९० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, आज देशभर कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ४१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।