अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सकियो कांग्रेस बैठक, के-के गर्‍यो निर्णय ?

सकियो कांग्रेस बैठक, के-के गर्‍यो निर्णय ?


काठमाडौं- नेपाली कांग्रेस पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक सकिएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले वर्तमान सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

विश्वासको मत नदिने र प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अन्य दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाउनुभएको छ ।