अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीले कहिल्यै मूल्यांकन गरेन, उचित जवाफ पठाउँछु : मेयर दास

माओवादीले कहिल्यै मूल्यांकन गरेन, उचित जवाफ पठाउँछु : मेयर दास


काठमाडौं- धनुषाको विदेह नगपालिका प्रमुख बेचन दासले माओवादी केन्द्रले आफूलाई पठाएको चिठ्ठीको उचित जवाफ दिने बताउनुभएको छु ।

उहाँलगायत चार जना जनप्रतिनिधिलाई माओवादी केन्द्रले स्पष्टिकरण सोधेको छ ।

दाससहित सोही नगरपालिकाकी उपप्रमुख निलमदेवी मण्डल, शहिदनगर नगरपालिकाकी उपप्रमुख शिलादेवी कापर र सबैला नगरपालिकाकी उपप्रमुख निलुदेवी कापरलाई माओवादी केन्द्र धनुषाले पार्टी छाडेको हो/होइन स्पष्ट पार्न जवाफ मागेको छ ।

माओवादी केन्द्र धनुषाका जिल्ला इन्चार्ज योगकुमार बरबरिया यादव र सचिव दिपक यादवले संयुक्त रुपमा हस्ताक्षर गरी काटेको पत्रमा पार्टीको कार्यक्रममा सहभागी नभएको र पार्टीको पक्षमा क्रियाशील नभएको भन्दै तीन दिन भित्र स्पष्टिकरण बुझाउन भनिएको छ ।

माओवादीले स्पष्टिकरण मागेको विषयमा उचित जवाफ दिने मेयर साहले बताउनुभयो । पार्टीले कहिल्यै पनि आफ्नो कामको मूल्याङ्कन नगरेको साहको गुनासो छ । आफू दलित समूदायबाट आएकै कारण पार्टीमा पछाडि पारिएको उहाँले गुनासो गर्नुभयो ।

माओवादीमा लागेकै कारण जेल नेल भोगेपनि आफूलाई गाउँमै रोक्ने प्रयत्न पार्टीका नेताबाट भएको साहले बताउनुभयो । ‘त्यसैले म एमाले र माओवादीलाई अलग पार्टी बनाउने अदालतको फैसलापछि पार्टीका गतिविधिमा कतै पनि संलग्न छैन,’ उहाँले भन्नुभयो ।

आफूलाई दलित भएकै कारण माओवादीले प्रदेशमा जान रोकेको साहले बताउनुभयो । ‘मभन्दा जुनियर प्रदेशमा पुगे, तर मलाई पछि पारियो, म त्यही लेखेर पठाउँछु, त्यसमा मेरो असन्तुष्टि छ, नेताहरू आफ्नै नाता गोतालाई बोकेर हिँडेका छन्, पार्टीलाई उचित जवाफ दिन्छु,’ उहाँले भन्नुभयो ।