अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्योगमन्त्री भट्टको नेतृत्वमा सुदूरपश्चिममा २ हजार बेडको आइसोलेसन बनाईँदै

उद्योगमन्त्री भट्टको नेतृत्वमा सुदूरपश्चिममा २ हजार बेडको आइसोलेसन बनाईँदै


काठमाडौं- सुदूरपश्चिमको गेटा मेडिकल कलेजमा २ हजार बेड क्षमताको आइसोलेसन निर्माण कार्य सुरू भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको नेतृत्वमा सो कार्य थालिएको हो । सरकारले मन्त्री भट्टलाई सुदूरपश्चिमका लागि कोरोना फोकल पर्सन तोकेर पठाएको छ । आइसोलेसन निर्माणका लागि स्वास्थ्य मन्त्रालयले आर्थिक सहयोग गर्ने छ ।

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा नेपली सेना र सशस्त्र प्रहरीले समेत निर्माण कार्यमा सहयोग गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । सो कामको व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय कैलालीले लिएको छ ।

निजी अस्पतालले सहयोग गर्ने भनेका बेड पनि गेटा मेडिकल कलेजमै राखिने भएको छ । ती बेड राखेर कोभिड अस्पतालका रूपमा प्रयोग गर्ने गरी काम भइरहेको छ ।

आइसोलेसन निर्माणका लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी लगायत खटेको प्रमुख जिल्ला अधिकारी रिजालले जनाकारी दिनुभयो ।