अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले दिएका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छु : प्रदेश प्रमुख पौडेल

सरकारले दिएका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छु : प्रदेश प्रमुख पौडेल


पोखरा- गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई गृहजिल्ला चितवनमा स्वागत तथा सम्मान गरिएको छ । प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएका उहाँलाई आज जिल्लाका नेता तथा कार्यकर्ताले स्वागत तथा सम्मान गर्नु भएको हो ।

राप्ती नगरपालिका-७ स्थित आफ्नै निवासमा सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना गरी उहाँले नेताकार्यकर्तालाई भेट गर्दै उहाँले सरकारले दिएका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिने बताउनुभयो ।

लामो समयदेखि कम्युनिष्ट पार्टीमा आबद्ध उहाँले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार तथा एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघका अध्यक्ष भएर काम गरिसक्नुभएको छ ।

पौडेल गण्डकी प्रदेशका तेस्रो प्रदेश प्रमुख हुनुहुन्छ । यसअघि नै प्रदेश प्रमुखका रुपमा बाबुराम कुँवर र अमिक शेरचनले काम गरिसक्नुभएको छ । रासस