पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको एन्टिजेन परीक्षण पोजिटिभ आएको छ ।
उहाँको सचिवालयका अनुसार हिजो संसदीय दलको बैठक सकेर निवास आएपछि ज्वरो आएका कारण उहाँको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।
उहाँको पीसीआर गरे पनि रिपोर्ट आउन बाँकी रहेको सचिवालयले जनाएको छ । ‘मुख्यमन्त्रीज्यू अहिले निवासमै आराम गरिरहनु भएको छ । स्वास्थ्य अवस्था सामान्य छ,’ सचिवालय स्रोतले भन्यो ।
प्रतिक्रिया