अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौं- नेकपा माओवादी केन्द्रले ३८ महिनापछि नेकपा एमालेसँग सत्ता सहकार्य औपचारिक रूपमा तोडेको छ ।

माओवादी केन्द्रले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएसँगै एमाले-माओवादी तत्कालका लागि सत्ता सहकार्य टुटेको हो ।

प्रधानमन्त्री ओलीले गत पुस ५ मा संसद विघटन गरेपछि सरकारबाट बाहिरिएको माओवादीले सरकारलाई समर्थन छैन भने पनि औपचारिक रूपमा फिर्ता लिन सकेको थिएन ।

हिजोको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिएसँगै आज संसद् सचिवालयमा औपचारिक पत्र बुझाएको हो ।

माओवादीका प्रमुख सचेतक देव गुरुङले केही बेरअघि संसद् सचिवालयमा समर्थन फिर्ताको पत्र बुझाउनुभएको हो ।