अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना परीक्षणका लागि सांसदहरूको स्वाब संकलन सुरू

कोरोना परीक्षणका लागि सांसदहरूको स्वाब संकलन सुरू


काठमाडौं- संघीय सांसदहरूको स्वाबको नमूना संकलन सुरू भएको छ ।

बुधबार संघीय संसद् भवनको ल्होत्से हलमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको संसद् सचिवालयले जनाएको छ । सचिवालयले आज र भोलि बिहान १० बजेदेखि ५ बजेसम्म स्वाब संकलन हुने जानकारी दिएको छ ।

सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने छ ।

बिहीबार संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारीलगायतको स्वाब संकलन गरिने संसद सचिवालयले जनाएको छ ।