अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच छलफल

प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच छलफल


काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ ।

स्रोतका अनुसार उहाँहरूबीच ललितपुरको हात्तीवनस्थित एक निजी घरमा छलफल भएको हो । उहाँहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यसबारे कुराकानी गर्ने तयारी गरिरहेका स्रोतले जनाएको छ ।

कांग्रेसको पदाधिकारी बैठकले ओलीलाई बहुमत पुग्न नदिन भूमिका खेल्ने र दलहरूसँग पहल गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ ।