दैलेख- जिल्लाको आठबिस नगरपालिका-४ खोटेसल्ला भन्ने ठाउँमा टिपर दुर्घटनामा भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति दाङको लमहीबाट जुम्लातर्फ सिमेट लगेर जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर दुर्घटना भई कर्णाली नदिना खसेको र चालक र सहचालक अहिलेसम्म बेपत्ता भएका छन् ।
टिपरमा कति जना सवार थिए भन्ने बारे अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले र दुर्घटना ग्रस्त टिपरका चालक र सह-चालक हुन सक्ने अनुमान गरिएकाले उहाँहरु दुई जनाको खोजी कार्य भइरहेको बताउनुभयो ।
‘लगातारको वर्षाका कारण कर्णाली नदीको बहाव बढेका कारण उद्दार कार्यमा कठिनाइ भएको छ । दुर्घटना भए भन्ने खबर सुन्न बित्तिकै प्रहरी परिचालन गरिएको भए पनि टिप्पर कर्णाली नदिमा खेसको र चालक र सहचालक लाई भने फेला पार्न नसकिएको हो,’ उहाँले भन्नुभयो ।







प्रतिक्रिया