काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण गर्न ५१ जिल्लामा निषेधाज्ञा लागू भएको छ ।
गृह मन्त्रालयले ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा जारी गरेको जनाएको हो । ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको गृहले जनाएको छ ।
काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय जना संक्रमित भेटिए निषेधाज्ञा जारी गर्ने कोभिड-१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णय हो ।
हाल देशका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् भने १४ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जनाएको छ ।
कुन-कुन जिल्लामा निषेधाज्ञा? सूची :













प्रतिक्रिया