अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली देउवा निवास बूढानीलकण्ठमा

प्रधानमन्त्री ओली देउवा निवास बूढानीलकण्ठमा


काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न बूढानीलकण्ठ पुग्नु भएको छ ।

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर देउवा निवास बूढानीलकण्ठ पुग्नु भएको हो ।

भेटमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसक्नु भएको छ ।