अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री-देउवा बूढानिलकण्ठमा दुई घण्टादेखि छलफल जारी

प्रधानमन्त्री-देउवा बूढानिलकण्ठमा दुई घण्टादेखि छलफल जारी


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचकरिब दुई घण्टादेखि भेटघाट जारी छ ।

प्रधानमन्त्री ओली देउवालाई भेट्न ४ बजे बूढानिलकण्ठ पुग्नु भएको थियो । भेटमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत हुनुहुन्छ ।

भेटमा आगामी राष्ट्रियसभाको निर्वाचन, वैशाख २७ गते संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत हुनुहुन्छ ।