अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘अक्सिजन कालोबजारी भयो’ भन्दै फेसबुकमा अफवाह फैलाउने दुई जना पक्राउ

‘अक्सिजन कालोबजारी भयो’ भन्दै फेसबुकमा अफवाह फैलाउने दुई जना पक्राउ


कैलाली- प्रहरीले ‘अक्सिजन सिलिण्डर कालोबजारी भयो’ भन्दै फेसबुकमा अफवाह फैलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढीका तेज खड्का र मदन भट्ट पक्राउ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूलाई सोधपुछका लागि नियनत्रणमा लिइएको हो ।

‘कहाँ देख्नुभयो, किन लेख्नुभयो भन्ने विषयमा सोध्नलाई ल्याएका छौँ,’ कैलालीका प्रहरी प्रवक्ता डिएसपी भरतबहादुर चौधरीले भन्नुभयो, ‘यस्तो विपदका बेला हल्ला फैलाउन भएन, यदि साँचो हो भने कहाँ हो उहाँहरूलाई सोधिखोजी गर्न बोलाएका हौँ ।’