अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिरामी तथा कुरुवाले अस्पतालको पुर्जाका आधारमा आवातजावत गर्न पाउने

बिरामी तथा कुरुवाले अस्पतालको पुर्जाका आधारमा आवातजावत गर्न पाउने


काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक यात्राको लागि पासको सम्बन्धमा थप स्पष्ट पारेको छ ।

प्रशासनले आज एक सूचना जारी गर्दै विवाह व्रतबन्धजस्ता संस्कारका हकमा १५ जनासम्म व्यक्ति र दुई वटा सवारी साधन प्रयोग गरी व्यानरका आधारमा जिल्ला भित्र वा अन्तर जिल्लामा आवतजावत गर्न पाइने उल्लेख गरेको हो ।

मृत्यु संस्कारका लागि प्रशासनबाट अनुमति लिन पेश गर्नु पर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्युदर्ता प्रमाणपत्र वा सम्बधित वडाको सिफारिस परिचय खुल्ने कागजातको प्रतिलिपि सहित पेश गर्नु पर्ने बताइएको छ ।

त्यस्तै, बिरामी तथा कुरुवाको हकमा काठमाडौं जिल्ला भित्रका विरामी तथा कुरुवाहरुले अस्पतालको भर्ना वडा वा रिपोट कार्डका आधारमा आवात जावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त विरामी भै काठमाडौं बाहिर जानु पर्ने अवस्थामा बिरामीको रिपोर्टकाडर्, भर्ना कार्ड परिचय खुल्ने कागजातको प्रतिलिपी सहित निवेदन पेश गर्न सकिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

साथै, सुरक्षा गार्डहरूको हकमा परिचय पत्र र पोशाक लगाएर डयूटी आवात जावत गर्न पाउने छ ।