अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बुढानिलकण्ठमा

हाम्रो मूल दायित्व लोकतान्त्रिक मान्यता बचाउनु हो : प्रधानमन्त्री ओली

हाम्रो मूल दायित्व लोकतान्त्रिक मान्यता बचाउनु हो : प्रधानमन्त्री ओली


काठमाडौं- आज प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच करिब २ घण्टा १५ मिनेट छलफल भयो । छलफलमा प्रधानमन्त्रीसहित एमालेका तर्फबाट महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेललगायतका नेताहरू हुनुहुन्थ्यो ।

कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महतलगायत हुनुहुन्थ्यो । त्यस भेटमा प्रधानमन्त्री ओलीले करिब ३० मिनेट आफ्ना कुरा राख्नुभयो ।

हामी अहिलेसम्म आउँदा कहिले सत्तामा त कहिले प्रतिपक्षमा रह्यौँ । सत्तामा रहँदा केही कमी कजोरीहरू भएका होलान्, प्रतिपक्षमा रहँदा पनि केही कमिकमजोरी भएका होलान् । त्यसलाई अलग्गै छलफल गरौँ । समीक्षा गरौँ । त्यसलाई सच्याउँदै अघि बढ्ने प्रतिवद्धता गरौँ । जे भए पनि हाम्रो मूल दायित्व लोकतान्त्रिक मूल्यमान्यता बचाउने हो ।

छलफलमा प्रधानमन्त्रीले के भन्नुभयो त ? एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई नेपाली बहस डट कमले सोधेको थियो । प्रधानमन्त्री ओलीले बैठकमा भनेको कुरा हामीलाई नेम्वाङले यसरी सुनाउनुभयो ।
वैशाख २७ गते मैले विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव राखे । यो त एउटा घटनाक्रम हो । तर, मूल कुरा के हो तभन्दा हामी निरंकुशताविरुद्धमा आन्दोलन गरेका शक्तिहरू हौँ ।

नेपाली कांग्रेस र नेकपा एमाले । हामी अहिलेसम्म आउँदा कहिले सत्तामा त कहिले प्रतिपक्षमा रह्यौँ । सत्तामा रहँदा केही कमीकजोरीहरू भएका होलान्, प्रतिपक्षमा रहँदा पनि केही कमिकमजोरी भएका होलान् । त्यसलाई अलग्गै छलफल गरौँ । समीक्षा गरौँ । त्यसलाई सच्याउँदै अघि बढ्ने प्रतिवद्धता गरौँ । जे भए पनि हाम्रो मूल दायित्व लोकतान्त्रिक मूल्यमान्यता बचाउने हो ।

अहिले मूल रूपमा के छ भन्दाखेरी हामी एउटा चुनौतीको अवस्थामा छौँ । त्यो चुनौतीको अवस्थामा निरंकुशताविरुद्ध निरन्तर आन्दोलन गरेकाशक्तिहरू एमाले र नेपाली कांग्रेसले नै सामना गर्ने हो । कतिपय अवस्थामा फरकफरक ढंगले चलौँला । तर, मुलभूत कुरामा हामी एक ठाउँमा उभिएर अगाडि बढ्नु पर्दछ । यस कुरामा विवाद छैन । हामीले बीचबीचमा यही ढंगले भूमिका खेल्दै यहाँसम्म आइपुग्यौँ । अब पनि कोही सत्तामा रहुँला, कोही प्रतिपक्षमा रहुँला । जो जता भए पनि निष्पक्ष निर्वाचनको विकल्पै छैन ।

स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्दै अगाडि बढ्नु पर्दछ । यो ढंगले हामी अगाडि बढ्ने हो । यसका लागि हामी दुई पक्ष निरकुंशताविरुद्ध आन्दोलन गरेका पक्षहरू निरन्तर एउटा समझदारी राखेर अगाडि बढ्नुपर्दछ । यही हिसाबले अहिले हामी देश र जनताको हितमा एकतावद्ध भएर, एकजुट भएर अगाडि बढ्नु पर्दछ । साना मसिना विवादका कुराहरू पनि छन् । तिनका बारेमा छलफल, समीक्षा गर्दै अगाडि बढौँला । तर, मूल कुरा भनेको देश र जनताको हित हो । संविधानलाई सवल बनाउँदै अगाडि बढ्ने कुरा हो । त्यस मामलामा भने हामी एक ठाउँमा उभिनु पर्दछ । मैले विश्वासको मत मागेको छु । दिए पनि तपाईंहरूलाई धन्यवाद नदिए पनि धन्यवाद ।